Categories समाचार

आज प्रतितोला रु. २ सयले घट्यो सुनको भाउ

Advertisement

काठमाडौं । उच्च मूल्यबाट सुनको भाउ २ सय रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा पुगेर उच्च रेकर्ड बनाएको सुन बिहीबार २ सयले घटेर १ लाख ३६ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

विगत केही सातादेखि नै सुन बढ्दा उच्च दरमा बढ्ने तर घट्दा न्यून दरमा घट्ने गरेको छ । चैत ४ गते सुनको भाउ प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

चाँदीको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदी भने स्थिर रहेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *