वीरगन्ज । जन सेवा नामक समाजिक संस्थाले दुई परिवारलाई आर्थिक सहयोग गरेको छ ।
जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ मा रहेका दुइ अति विपन्न परिवारका छोरीको बिहेमा थोरै भए पनि सहयोग होस् भनी जनही पाँच हजार उपलब्घ गराइएको संस्थाका अध्यक्ष बृजेश्वर चौधरीले जानकारी गराए ।
साथै नयाँ सुरुवात गर्न गइरहेको इ जोडीलाई भविष्यको शुभकामना समेत अध्यक्ष चौधरीले दिएका हुन।


