Categories समाचार

५३ राउण्ड गोली गाडेको अवस्थामा बरामद

वीरगन्ज । सर्लाहीमा माटोमा गाडेको अवस्थामा ५३ राउण्ड गोली बरामद भएको छ । सर्लाहीको मलंगवा नगरपालिका ८ गोरखाकाली माटो मुनि रातो र सेतो रंगको गरगहना राख्ने ब्याज भित्र के.एफ.७.६५ लेलिएको ५३ राण्ड गोली बरामद भएको हो ।

स्थानीय चन्द्रभुषण यादवको घरमा ईश्वरपुर नगरपालिका ५ बस्ने २८ वर्षीय बिजय महतोले संचालन गरेको भोलेबाबा अटो पार्टस एण्ड बिजय रिपेरिङ सेन्टर ग्यारेजको अगाडी रहेको कवाडीको सामानहरु राखिएको स्थानमा माटो मुनि ६।७ ईन्च तल गाडिएको अवस्थामा फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

Advertisement

बरामद भएको गोलीहरुको विषयमा थप अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *