Categories समाचार

खेत जोत्दै गर्दा मोटरबाट करेन्ट लागेर ट्याक्टर चालकको मृत्यु

Advertisement

वीरगन्ज । सर्लाहीमा आज बिहानै खेत जोत्दै गरेका ट्याक्टर चालकको करेन्ट लागेर मृत्यु भएको छ ।

जिल्लाको ब्रह्मपुरी गाउँपालिका वडा नम्बर २ मा चैते धान रोप्न खेत जोत्दै गर्दा पानी तान्ने मोटरबाट करेन्ट लागेर ट्याक्टर चालक ब्रह्मपुरी गाउँपालिका वडा नम्बर २ निवासी २७ वर्षी राजेश पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय सर्लाहीका ट्याक्टर चालक पासवानलाई खेतमा पानी तानिरहेको मोटरबाट करेन्ट लागको थियो ।

Advertisement

करेन्ट लागेर गम्भीर बनेका पासवानलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा लगिए पनि चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए । 

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *