Categories समाचार

समाजवादी विद्यार्थी युनियनको ठाकुरराम क्याम्पसमा ४१ सदस्यीय ईकाई कमिटी पुर्नगठन

वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी विद्यार्थी युनियनको ईकाई कमिटी पुर्नगठन गरिएको छ । हरिकिशोर यादवको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो ।

नवगठीत कमिटीको उपाध्यक्षमा आशिफ अंसारी, रोहन केशरी र आदित्य यादव चयन भएका छन् । सचिवमा शौकत अलि, सहसचिवमा सुनिल कुशवाहा, राजकुमार पटेल र असरफ आलम रहेका छन् भने कोषाध्यक्षको जिम्मेवारी चांदनी यादवलाई दिइएको छ ।

Advertisement

समाजवादी विद्यार्थी युनियन ठाकुरराम बहुमुखी क्याम्पस ईकाई कमिटीको इन्चार्ज राजा बाबु साहलाई तोकिएको छ । ईकाई कमिटीको सदस्यमा दिपेश सिंह, रितीक पटेल, अञ्जली ठाकुर लगायत रहेका छन् । समाजवादी विद्यार्थी युनियन नेपाल पर्साद्वारा क्याम्पसको सभाकक्षमा आयोजित कार्यक्रमका बीच ईकाई कमिटी पुर्नगठन गरिएको हो ।

Advertisement

समाजवादी विद्यार्थी युनियन नेपाल पर्साका अध्यक्ष हरिन्द्र साहको अध्यक्षतामा भएको पुर्नगठन कार्यक्रमलाई जसपाका केन्द्रीय सदस्य जनार्दन यादव, पूर्व प्रदेश सभा सदस्य तथा केन्द्रीय सदस्य भिमा यादव, बहुदरमाई नगरपालिकाका प्रमुख सिंघासन सा तेली, संघीय परिषद् सदस्य शिवजी सोनी, जसपा वीरगञ्ज महानगरका अध्यक्ष ईश्वरचन्द्र यादव, जसपाका बरिष्ठ नेताद्वय प्रेमबाबु पटेल, उमेशलाल सहनी, समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रीय सचिव निखिल वर्णवाल लगायतको उपस्थिती रहेको थियो ।

क्याम्पसमा हुने शैक्षिक अनियमितता तथा बेथितीका विरुद्धमा र विद्यार्थीको हकहितमा निरन्तर आवाज उठाउने र खबरदारी गर्ने कार्यका लागि ईकाई कमिटीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विद्यार्थी युनियन पर्साका अध्यक्ष हरिन्द्र साहको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *