Categories समाचार

संकल्प लोकसेवाको तेस्रो वार्षिकोत्सब तथा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न

Advertisement

श्याम सरार्फ वीरगन्ज । लोकसेवा परिक्षाको तयारी कक्षा गराउने संकल्प लोकसेवाको तेस्रो वार्षिकोत्सब तथा सम्मान कार्यक्रम एक कार्यक्रम गरि मनाइएको छ ।

वीरगन्जको रोयल पार्टी प्यालेसमा आयोजित वार्षिकोत्सब तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री एवम् संघीय सांसद प्रदीप यादव तथा विशिष्ट अतिथि सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव, पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरी, समाजिक अभियन्ता प्रकाश थारु, युवा नेता ओमप्रकाश सरार्फ लगायतले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।

Advertisement

संस्थाकि अर्चाना साह र चान्दनी यादवले प्रमुख अतिथि तथा अतिथिहरुलाई टिका र गम्छा लगाएर स्वागत सम्मान गरेकी थिइन् ।

Advertisement

“सपना प्राप्ति नेतृत्व र आत्मविश्वासका साथ तयारी” भन्ने नारा सहित संकल्प लोकसेवाका संस्थापक, प्रबन्ध निर्देशक अशोक शाहको अध्यक्ष्तामा भएको सो कार्यक्रममा सरकारी सेवाको विभिन्न पदका लागि छानिएकाहरुलाई सम्मान गरिएको शाहले बताए ।

सरकारी सेवामा प्रवेशका लागि युवाहरूको सपना साकार गर्न संकल्प लोकसेवाले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको वक्ताहरुले जिकिर गरे ।

अध्यक्ष साहले उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै पछिल्लो दिनहरुमा सरकारी सेवामा प्रवेश गरेकाहरुलाई बधाई तथा आउने दिनहरुमा सहभागी हुने परिक्षार्थीहरुलाई शुभकामना दिएर कार्यक्रमको समापन गरेका थिए । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी माधुरी महतोले गरेकी थिइन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *