Categories समाचार

वडाअध्यक्षलेनै सेवाग्राहीलाई रुखमा बाँधेर कुटपिट गरेको घटना सार्वजनिक

वीरगन्ज । पर्साको जगरनाथपुर वडा नम्बर २ लक्ष्मीपुरमा वडाअध्यक्षले नै गाँउका एक जना सेवाग्राहीलाई रुखमा बाँधेर कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।गुनासो लिएर वडाध्यक्षको घरमा पुगेका अमिर मियाँ गदीलाई वडाध्यक्ष नेपाली प्रसाद कुशवाहा र उनका पक्षधरहरुले रुखमा बाँधेर कुटपिट गरेको घटना सार्वजनिक भएको हो ।

प्रहरीका अनुसार,बाटो विस्तारका क्रममा आफनो घरको केहि भाग तोडिएपछि त्यसबार गुनासो गर्नका लागि शुक्रबार बिहान मियाँ वडाध्यक्ष कुशवाहाको घरमा पुगेका थिए । अरुको घर नतोड्ने , मेरो मात्रै घर किन तोडेको भन्दै मियाँले वडाध्यक्ष कुशवाहासंग विवाद गर्दै झगडा गरेपछि वडाध्यक्ष कुशवाहा र उनका पक्षधर सात जनाले मिलेर मियाँलाई रुखमा बाँधेर कुटपिट गरेको स्थानाीयले बताएका छन् ।

Advertisement

तर वडाध्यक्ष पक्षकाले भने मियाँले वडाध्यक्ष कुशवाहालाई गाली गलौज गर्दै कठालो समातेपछि वडाध्यक्षका छिमेकीहरुले मियाँलाई नियन्त्रणमा लिएर रुखमा बाँधेर केहि बेरपछि ईलाका प्रहरी कार्यालय जानकीटोलको जिम्मा लगाएको बताएका छन् ।

Advertisement

वडाध्यक्षबाट कुटपिट गरिएका मियाँले भने आँफूलाई कुटपिट गर्ने वडाध्यक्ष कुशवाहासहित ८ जना विरुद्ध कारबाहीको माग गर्दैै ईलाका प्रहरी कार्यालय जानकीटोलामा खिखित उजुरी दिएका थिए ।उक्त उजुरीमा वडाध्यक्ष कुशवाहा,रमेश कुशवाहा,महेन्द्र कुशवाहा, हफिज मियाँ गदी,रामु कुशवाहा, रुपेश कुशवाहा,अनिल कुशवाहा र सुरेश कुशवाहाले आँफुलाई रुखमा बाँधेर कुटेको आरोप लगाइएको छ ।

मियाँको उजुरीपछि ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम केसीले दुवै पक्षलाई जानकी टोलाको प्रहरी कार्यालयबाट पोखरियाको प्रहरी कार्यालयमा झिकाएका थिए ।प्रहरी कार्यालयमै भएको दुई पक्षबिचको छलफलमा पिडित भनिएका मियाँले आरोपित भनिएकाहरु विरुद्ध कानूनी कारबाही प्रकृयामै अगाडि बढ्ने अडान लिए। त्यसपछि प्रहरीले वडाध्यक्ष कुशवाहासहित आरोपित सबै जनालाई शुक्रबार दिउँसो नै जिल्ला प्रहरी कार्यालय पर्सामा लगेर बुझाईदिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *