Categories स्वास्थ्य

स्वास्थ्यजन्य फोहर व्यवस्थापन बारे वीरगन्जका निजी अस्पताललाई अभिमुखीकरण

वीरगन्ज । स्वास्थ्यजन्य फोहर व्यवस्थापन सम्बन्धि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम वीरगन्जमा सम्पन्न भएको छ ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाको समन्वयमा एसियाली विकास बैंकको आर्थिक सहयोग, वाटर एसिया इन्टरनेशनल प्रा.लि. को प्राविधिक सहयोग र वीरगन्ज महानगरपालिकाको सहकार्यमा वीरगन्जमा रहेका निजी अस्पतालहरुलाई स्वास्थ्यजन्य फोहर व्यवस्थापन सम्बन्धि १ दिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

Advertisement

वीरगन्जको होटल पुजनमा शुक्रबार बिहान आयोजना गरिएको अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा बीस वटा निजी अस्पतालबाट २/२ जना ( १ जना व्यवस्थापन र १ जना फोकल पर्सन) सहभागी थिए ।

Advertisement

स्वास्थ्य सेवा विभागका उपेन्द्र ढुङ्गानाको अध्यक्ष्तामा भएको सो कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह तथा विशिष्ट अतिथिमा मातृका भट्टराई रहनुभएको थियो । कार्यक्रममा स्वास्थ्यजन फोहरको उचित व्यवस्थापन बारे चर्चा भएको थियो । सहभागी वक्ताहरुले सम्बन्धित व्यक्तिले यसबारे गम्भीरतापूर्वक कार्य गर्दा हुन सक्ने विभिन्न किसिमको जोखिमबाट जोगिन सक्नेमा जोड दिएका थिए ।

वीरगन्ज महानगरको स्वास्थ्य शाखाको सहयोग रहेको सो कार्यक्रमको सहजकर्तामा ढुङ्गाना, ADB का राजन, डा. अंजना शाक्य, विजया, सुरेन्द्र भट्टराई, धिरेन्द्र मैनाली, स्रुती साह रहनुभएको थियो ।

स्रोत व्यक्तिमा महानगरबाट राकेश साह, वन तथा वातावरण बिपत व्यवस्थापन शाखाका प्रकाश एरि, स्वास्थ शाखाका सह-संयोजक अनिशकान्त कुशवाहा र सुनिल कुर्मीको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन स्वास्थ्य शाखाका सह-संयोजक कुशवाहाले गरेका थिए भने समापन डाक्टर अंजना शाक्यले गरेकी थिइन् ।

सोही कार्यक्रममा बयोधा अस्पताल, प्रभु अस्पताल लगायत १९ वटा निजी अस्पतालका प्रतिनिधिले अस्पतालबाट निस्कने स्वास्थ्यजन्य फोहरको उचित तरिकाले व्यवस्थापन गर्ने प्रतिबद्धता गरेका छन् ।

विभागले सरकारी संस्थालाई तीनदिने आधारभूत तालिम तथा निजी अस्पताललाई एक दिने अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *