Categories समाचार

प्रेम जालमा फसाएर नेपाली किशोरीलाई भारत लगेर तेस्रो विवाहको तयारीमा रहेका खान पक्राउ

Advertisement

वीरगञ्ज । सामाजिक सञ्जाल मार्फत प्रेम जालमा फसाएर नेपाली नाबालिग किशोरीलाई भारत लाग्न खोजिरहेको अवस्थामा एक जना युवक पक्राउ परेका छन् ।

१७ वर्षीय नाबालिग किशोरीलाई सामाजिक सञ्जाल मार्फत चिनजान गरी प्रेम जालमा फसाएर विवाहको झुटो आश्वासन दिई भारत लग्न खोजिरहेको अवस्थामा भारतीय सुरक्षाकर्मीहरूले वीरगञ्जको सीमावर्ती सहर रक्सौलबाट पर्साका २७ वर्षीय मोहम्मद मन्जुर आलम खान पक्राउ परेका हुन् । खान पर्साको जगरनाथपुर गाउँपालिकास्थित पाण्डेपुर गाउँका निवासी रहेको भारतीय प्रहरीले जनाएको छ ।

Advertisement

खानलाई भारतको मानव तस्कर रोधी इकाई (क्षेत्रीय मुख्यालय) बेतिया कार्यालय ४७ औँ बाहिनी सशस्त्र सीमा बल रक्सौल पूर्वी चम्पारण बिहारले ‘मिसन निर्भया’ अन्तर्गत शुक्रवार सीमाबाट पक्राउ गरेको थियो ।

Advertisement

भारतीय प्रहरीले प्राप्त गरेको पूर्व सूचनाका अनुसार वीरगञ्जलाई भारतीय सीमावर्ती सहर रक्सौलसँग जोड्ने मितेरी पुलमा कडा निगरानी पश्चात् खान पक्राउ परेको भारतीय सुरक्षा फौज एसएसबीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनोज कुमार शर्माको दाबी छ । खान पक्राउ परेपछि वीरगञ्जस्थित माइती नेपालका प्रतिनिधिहरूको उपस्थितिमा खान र किशोरीको छुटाछुटै बयान लिइएको थियो । यद्यपि बयानका क्रममा उनीहरूले दिएको उत्तरमा भिन्नता पाइएपछि खानलाई नियन्त्रणमा लिइएको इन्स्पेक्टर शर्माले बताए ।

बयान पूर्व दुवैले आफूहरू पती पत्नी रहेको बताएका थिए । तर, माइती नेपालका प्रतिनिधिहरूले काउन्सीलिङ गरेपछि किशोरीले खानसँग आफ्नो सामाजिक सञ्जालको माध्यमबाट चिनजान भएको बताएकी थिइन् । सामाजिक सञ्जालमा कुराकानी हुँदाहुँदै आफूहरू प्रेममा परेको र खानले विवाह गर्न आफूलाई भारत लाग्न खोजिरहेको किशोरीले बयान दिएकी थिइन् ।

बयानको क्रममा खानले आफ्नो पत्नीसँग सम्बन्ध विच्छेद भइसकेको र दोस्रो विवाह समेत तय भइसकेको बताएका थिए । दोस्रो विवाह तय भइसकेको खण्डमा पनि खानले किशोरीसँग तेस्रो विवाह गर्न उनलाई भारत लाग्न खोजिरहेका थिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *