Categories समाचार

वीरगंजमा कक्षा ८ को परीक्षाको नतिजा सार्वजनिक

वीरगंज । वीरगंज महानगरपालिकाले शुक्रबार आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

गएको चैत १५ गतेदेखि २२ गतेसम्म संचालन भएको कक्षा ८ को महानगरस्तरीय परिक्षाको शुक्रबार ग्रेडिङ पद्धतिमा नतिजा सार्वजनिक गरिएको हो ।

Advertisement

परीक्षामा सामेल भएका सामुदायिक र संस्थागत विद्यालयका ५ हजार ५७१ विद्यार्थीमध्ये ४ हजार १४४ जना सफल भएको महानगरका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिनुभयो ।

Advertisement

कक्षा ८ को महानगरस्तरीय परिक्षाका लागि विभिन्न ११ वटा परीक्षा केन्द्रबाट विद्यार्थीले परीक्षा दिएका थिए ।

आधारभूत तहबाटै अध्ययन अध्यापनलाई प्रभावकारी बनाउन र शैक्षिक गुणस्तर उकास्ने उद्देश्यले वीरगंज महानगरले पहिलो पटक एकिकृत परीक्षा प्रणालीबाट आधारभूत तहको बार्षिक परिक्षा लिएको हो ।

परीक्षाले सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुको सिकाई उपलब्धी मापन गर्नसहज भएको महाशाखा प्रमुख कर्णले बताउनु भयो ।

प्रकाशित नतिजा महानगरको वेबसाइट र सामाजिक सञ्जाल फेसबुकमा महानगरको शिक्षा महाशाखाको आधिकारिक पेजबाट हेर्न सकिने पनि उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *