Categories समाचार

वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव आशीष लाठले दिएको राजीनामा अस्विकृत

Advertisement

वीरगन्ज । वीरगन्ज उद्योग वाणिज्य संघले महासचिव आशीष लाठले दिएको राजीनामा अस्विकृत गरेको छ । संघका अध्यक्ष अनिल कुमार अग्रवालले राजीनामा अस्विकृत गरेको बताए । उनले आफु वीरगन्जभन्दा बाहिर भएको समयमा संघका महासचिव लाठले केही असमझदारी राखेर राजिनामा दिएकाेमा उक्त राजिनामा अस्वीकृत गरिएको बताए ।

शनिबार दुवै पक्षको उपस्थितीमा सहमती भएसँगै राजीनामा अस्विकृत गर्ने निस्कर्षमा पुगेको अग्रवालले बताए ।

Advertisement

उनले भने, ‘म काठमाण्डौमा थिए, केही असमझदारी भएको थियो । अहिले सँगै बसेर छलफल गरेपछि सहमती भएको छ ।

Advertisement

चैत२८ गते संघका अध्यक्ष अनिल अग्रवालकाे कार्यशैली प्रति आपत्ति जनाउँदै लाठले महासचिव पदबाट राजिनामा दिएका थिए।

संघकाे आर्थिक गतिविधि बारे कर्मचारीसंग जानकारी माग्दा अध्यक्ष अग्रवालले राेकेेर आँफुलाई अमानित गरेकाले पदमा बस्न नसक्ने भन्दै लाठले महासचिव पदबाट राजिनामा दिएका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *