Categories समाचार

शिक्षक पटेलको नि:शुल्क कक्षाबाट बिद्यार्थीहरु लाभान्वित, भन्छन् आर्थिक अभावले पढाइ छोड्न नपरोस्

वीरगन्ज । वीरगन्जका एक शिक्षकद्वारा सञ्चालन गरिएको निशुल्क तयारी कक्षाले हाल बिद्यार्थीहरु माझ चर्चा बटुलिरहेको छ ।

आवश्यकता अनुसार भौतिक तथा अनलाइन कक्षाहरु सञ्चालन गर्दै आएका नेपाली बिषयका शिक्षक ओमप्रकाश पटेल अविरलको निशुल्क कक्षामा बिद्यार्थीहरुको आर्कषण बढेको छ ।

Advertisement

पटेलले हाल संचालन गरेको कक्षा १२ को निशुल्क अनलाईन तयारी कक्षामा समेत बिद्यार्थीहरुको उत्साहजनक सहभागिता बढेको छ । हाल अनलाईन कक्षामा करिब ८५ जना बिद्यार्थीहरुले अध्ययन गरिरहेका शिक्षक ओमप्रकाश पटेलले जानकारी दिए ।

Advertisement

कक्षा १२ को वार्षिक परीक्षालाई मध्यनजर गर्दै चैत्र १५ गतेदेखि निःशुल्क अनलाइन तयारी कक्षा सुरु गरेको शिक्षक पटेलले बताए । उनले आर्थिक अवस्था कमजोर भएका, वार्षिक परिणाम राम्रो नभएर पढाइ छोड्ने, विद्यालयमा राम्ररी व्याकरण रचनाको तयारी गर्न नसकेका बिद्यार्थीको लागि कक्षा फलदायी साबित भएको बताए ।

एनईबि र सिबिएसई बोर्डका शिक्षक रहेका पटेलले अगामी बर्षदेखि अनिवार्य गणित,अतिरिक्त गणित, बिज्ञान र अंग्रेजी बिषयको समेत निशुल्क तयारी कक्षा संचालन गर्ने योजना बनाएका छन् । पटेलले आफनै खर्चमा शैक्षिक सत्रको अन्तिम दुई महिना नेपाली संगै मुख्य बिषयको तयारी कक्षा सञ्चालन गर्ने बताए ।

बिगत १४ बर्षदेखि नेपाली बिषय अध्यापन गराउँदै आएका पटेलले सेन्जेभियर, डि.ए.भि र संकल्प लोक सेवा आयोगमा अध्यापन गराउछन् । शिक्षण पेशामा व्यवसाय भन्दा पनि सेवाको भावनाले काम गरिरहेका पटेलले गरिब,जेहेन्दार बिद्यार्थीहरुलाई निशुल्क रुपमा अध्यापन गराउन पाउँदा औधि खुशी मिल्ने बताए ।

उनले भने, “ शिक्षण पेशा व्यवसाय मात्र नभएर त्याग,सेवा तथा आवेगको विषय भएको हुँदा आफु यो पेशामा लागेको हुँ, यो पेशामा पैसो थोरै भए पनि शिक्षण पेशाबाट मलाई सन्तुष्टिको बोध हुन्छ। हामीसँग जे छ ,थोरै भए पनि यदि समाजमा सेवाको क्षेत्रमा खन्यायौँ भने सम्बृद्ध समाजको सपना पूर्ण गर्न सकिन्छ।”

यस अघि एस.ई.ई को बिद्यार्थीहरुलाई लक्षित गरि गत फाल्गुन ११ गतेदेखि चैत्र १५ गतेसम्म कक्षा १० को पनि निःशुल्क कक्षा सञ्चालन गरेको पटेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *