Rato Pana
धर्म/संस्कृति

निक्लियो गहवामाईको प्रथम निशानसहितको डोली यात्रा ( फोटो फिचर )

वीरगन्ज । वीरगन्जमा आज मंगलबार गहवामाईको प्रथम निशानसहितको डोली यात्रा निक्लेको छ ।

चैती नवरात्रको अष्टमी तिथिका दिन आज गहवामाईको निशान सहितको डोली यात्रा अपरान्ह ४ बजेदेखि मन्दिर पसिरबाट निक्लेको हो । माईस्थान सञ्चालक समितिका अध्यक्ष नरेन्द्र कुमार साहका अनुसार डोली यात्राको नगर परिक्रमा गराइने छ । त्यसअघि मन्दिर परिसरमै गहवामाईको निशानसहितको डोलीको पूजापाठपनि गरिएको थियो ।

मन्दिर परिसरबाट निस्किने डोली यात्रा माईस्थानको २ नम्बर रोडहुँदै रेशमकोठी,गणेशमान चोक, वीर्तामाई मन्दिर, अलखिया मठबाट मेनरोड भएर महावीर मन्दिर, घन्टाघर चोक हुँदै साँझ ६ बजे गहवामाई मन्दिर प्राङ्गणमै पुगेर समापन हुने योजना रहेको अध्यक्ष साहले बताए ।

यस अवसरमा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलगायत अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थिति देखिएको छ ।

फोटो : समाजिक सञ्जाल

सम्वन्धित समाचार

Leave a Comment