Rato Pana
समाचार

मधेसका वनमन्त्री कुर्मीले दिए राजिनामा, लोसपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने निर्णय गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ ।

दलको निर्णयसँगै वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् । मंगलबार बसेको लोसपाको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मतसमेत नदिने निर्णय गरेको हो ।

मधेश प्रदेशसभामा लोसपाका ९ जना सांसद छन् । त्यसमध्ये कुर्मी मात्रै सरकारमा गएका थिए । लोसपाले मधेश सरकारमा थप एक मन्त्रालय पाउनुपर्ने माग गर्दै आएको थियो ।

तर जनता समाजवादी पार्टीका नेतासमेत रहेका मुख्यमन्त्री यादवले अस्वीकार गरेका थिए ।

सम्वन्धित समाचार

Leave a Comment