वीरगन्ज । पर्सा प्रहरीले बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु लोड रहेको मालवाहक ट्रक नियन्त्रणमा लिएको छ ।
मंगलबार राति साढे १ बजे बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु बोकेको माल बाहक ट्रक वीरगञ्जबाट कंचनपुरतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएको हो ।
वीरगन्ज महानगरपालिका वडा नं.०८ घण्टाघरचोकमा ना.६ ख ६५१२ नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको प्रहरीले जनाएको छ ।
सो ट्रकमा अन्दाजी ६१ लाख १४ हजार ८७ मूल्य रुपैयाँ बराबरको औषधी तथा खुद्रा सामानहरु नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आजनै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।


