Rato Pana
समाचार

मधेशका मुख्यमन्त्री यादवले चौथोपटक पाए विश्वासको मत

वीरगन्ज । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथोपटक विश्वासको मत पाएका छन् ।

मंगलबार प्रतिपक्षमा रहेका दलहरु नेपाली कांग्रेस, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले बहिष्कार गरेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत पाएका हुन् ।

उनले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावमा १०७ प्रदेशसभा सदस्यमध्ये ६१ जनाले समर्थन जनाए ।

प्रतिपक्षी दलहरुले बहिष्कार गरेका कारण विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मत परेन ।

सम्वन्धित समाचार

Leave a Comment