Categories खेलकुद

टि – १० क्रिकेट : एनवाईएफलाई हराउँदै नेपाल पत्रकार महासंघ पर्सा विजयी

वीरगन्ज । नेपाल राष्ट्र बैंक लिमिटेडको ६९ औं बार्षिक उत्सवको अवसरमा आयोजित टि – १० क्रिकेट लिग प्रतियोगितामा नेपाल पत्रकार महासंघ पर्साले एनवाईएफ वीरगन्जलाई हराएको छ । 

टि – १० क्रिकेट लिग प्रतियोगिता अन्तर्गत बुधबार भएको दोस्रो खेलमा नेपाल पत्रकार महासंघ पर्साले एनवाईएफ वीरगन्जलाई १६ रनले हराएको हो । 

Advertisement

वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको खेलमा ७८ रनको लक्ष्य पाएको एनवाईएफ वीरगन्जले १० ओभरमा ९ विकेटको क्षतिमा ६१ रन मात्र बनाएपछि नेपाल पत्रकार महासंघ पर्साले जित निकालेको हो । 

Advertisement

यसअघि खेलमा पहिले ब्याटिङ गरेको नेपाल पत्रकार महासंघ पर्साले १० ओभरमा ५ विकेटको क्षतिमा ७७ रन बनाएको थियो । 

बुधबार बिहान नै भएको पहिलो खेलमा नेपाल मेडिकल एसोसिएसन पर्साले वीरगन्ज बैंकर्स ग्रुपलाई हराएको छ । खेलमा ७८ रनको लक्ष्य पाएको बैंकर्स ग्रुपले १० ओभरमा ८ विकेटको क्षतिमा ६७ रन मात्र बनाएपछि नेपाल मेडिकल एसोसिएसन पर्साले १० रनले जितेको हो । 

यो जित संगै नेपाल मेडिकल एसोसिएसन पर्साले फाइनलमा प्रवेश गरेको नेपाल राष्ट्र बैंक वीरगन्ज कार्यालयका सहायक निर्देशक नरेश कुमार सरार्फले जानकारी दिए । 

प्रतियोगितामा आयोजक नेपाल राष्ट्र बैंक , नेपाल पत्रकार महासंघ पर्सा , वीरगन्ज बैंकर्स ग्रुप , नेपाल मेडिकल एसोसिएसन पर्सा ,वीरगन्ज महानगरपालिका कार्यालय र एनवाईएफ वीरगन्ज सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *