Categories एजेन्सी

विद्यालयमा नमाज पढ्न पाउने माग बेलायती उच्च अदालतद्वारा अस्वीकार

लन्डन । बेलायतको उच्च अदालतले विद्यालयमा नमाज पढ्न लगाइएको प्रतिबन्धविरुद्ध मुस्लिम विद्यार्थीको निवेदन खारेज गरेको छ । विद्यार्थीलाई विद्यालयको नियम मन पर्दैन भने विद्यालय छाड्न समेत अदालतले भनेको छ । विद्यालयमा पढ्न चाहेको हो भने भने त्यहाँको नियम पालना गर्नुपर्ने अदालतको फैसला छ ।

उक्त मुद्दा उत्तर लन्डनको ब्रेन्टस्थित मिसेला कम्युनिटी स्कुलसँग सम्बन्धित छ । यो बेलायतको सबैभन्दा कडा कानुन भएको स्कुलहरूमध्ये एक हो । सो विद्यालयमा धार्मिक शिक्षा पूर्ण रूपमा निषेधित छ भने विद्यालय परिसरमा कुनै पनि धार्मिक कार्य गर्न निषेध गरिएको छ । विद्यालयमा अध्ययनरत लगभग ७०० बालबालिकामध्ये अधिकांश मुस्लिम छन् । तीमध्ये ३० जना विद्यार्थीले २०२३ को मार्चमा विद्यालय परिसरमा नमाज पढेका थिए ।

Advertisement

त्यसलगत्तै विद्यालयले कडा कदम चाल्दै सबैलाई चेतावनी दिएको थियो । त्यसपछि नमाज पढ्ने मध्येकी एक छात्र उच्च अदालतमा पुगेकी थिइन् । उच्च अदालतकी न्यायाधीश लिन्डेनले ८३ पृष्ठको फैसलामा छात्राको माग अस्वीकार गरेकी छन् । धार्मिक गतिविधि भएसँगै हत्या र बमको धम्की आएकोले विद्यालयको प्रतिबन्ध लगाउने नीति जायज भएको उनको भनाई छ ।

Advertisement

भर्ना लिनुअघि नै सबै बालबालिका र तिनीहरूका अभिभावकलाई विद्यालयमा धार्मिक गतिविधिका लागि कुनै ठाउँ नभएको बताइसकिएको छ ।-एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *