वीरगन्ज । एक वृद्ध महिला वीरगन्जमा हराइ रहेको अवस्थामा भेटिएकी छिन् ।
बोल्न र आफ्नो ठेगाना समेत बताउन नसक्ने एक जना वृद्धि महिला केही दिनदेखि वीरगन्जको नारायणी अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँलाई मानव सेवा आश्रम वीरगन्जले बसपार्कबाट उद्धार गरेर अस्पतालमा भर्ना गराएको थियो ।
उहाँलाई चिन्ने अथवा उहाँको बारेमा कुनै जानकारी भएकाले सम्पर्क नं. ९८५५०७६००८ मा सम्पर्क गर्न आश्रमका देवेश मानवसेवाले आग्रह गरेका छन् ।


