Rato Pana
समाचार

लेखा समितिसंग मेयर सिंहको गुनासो : संघीय सरकारले दिने बजेटमा विभेद गरिरहेको छ

वीरगन्ज । प्रतिनिधि सभा सार्वजनिक लेखा समितिको संसदीय टोली स्थलगत अनुगमन को क्रममा वीरगन्ज पुगेको छ । वीरगन्ज पुगेको समितिका सांसदहरूलाई महानगर प्रमुख राजेशमान सिंहले स्वागत गरेका छन् ।

सार्वजनिक लेखा समितिको संसदीय टोली समक्ष प्रमुख सिंहले वीरगन्ज महानगरपालिक ले भरतपुर महानगरपालिका भन्दा पनि धेरै कम बजेट पाइरहेकोले अगामी बजेटमा न्यायोचित बजेट विनियोजन गरिदिन आग्रह गरेका छन् ।

प्रमुख सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरिरहेको आरोप लगाएका छन् । उनले भने, “भरतपुर महानगरमा ३ सय ९० करोड पाउदा वीरगन्ज महानगरले मात्र १ सय १५ करोड बजेट पाउनु दु:खद रहेको छ ।” हामीले गर्नुपर्ने धेरै योजनाहरु बजेटको अभावमा गर्नै नपाएको भन्दै महानगर प्रमुख सिंहले सार्वजनिक लेखा समितिको ध्यानाकर्षण गराएका छन ।

संघीय सासंद रामकृष्ण यादवले वीरगन्जमाथि भइरहेको विभेद प्रति सार्वजनिक लेखा समितिले संसदमा छलफल गर्ने तथा सरकार लाई लिखित निर्देशन दिने प्रतिबद्धता गरेका छन् ।

प्रतिनिधि सभा सार्वजनिक लेखा समिति संघीय सासंद रामकृष्ण यादवको संयोजकत्वमा स्थलगत अनुगमन गर्न वीरगन्ज आएको संसदीय टोलीले स्थानिय तहसंग अन्तरक्रिया गरेको थियो ।

अन्तरक्रियामा प्रतिनिधि सभा सदस्यहरु रामकृष्ण यादव, अमरेश कुमार सिंह , प्रदीप यादव , देव प्रकाश तिमिल्सिना , प्रभु हजरा , महानगर प्रमुख सिंह , प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल, प्रहरी उपरिक्षक कुमोध ढुङ्गेल लगायतको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

Leave a Comment