Rato Pana
समाचार

हवाई फायर गरि दुई क्विन्टल बढी लागूऔषध गाँजा सहित एक युवक पक्राउ

वीरगन्ज । बारा प्रहरीले दुई क्विन्टल बढी लागूऔषध गाँजा सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर चार टेग्राहाका २३ वर्षीय चन्दन पासवान रहेका छन् ।

विशेष सूचनाको आधारमा आज बिहीबार दिनको साढे १ बजे ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक रविन राईको कमाण्डमा खटेका प्रहरी टोलीले हवाई फायर गरि पासवानलाई पक्राउ गरको हो ।

पचरौता नगरपालिका वडा नम्बर चार इनर्वामा चारवटा जुटको बोरामा गाँजा राख्दै गरेको अवस्थामा प्रहरीलाई देख्नासाथ पासवान भाग्न खोजेको थिए । प्रहरीले हवाई फायर गरेर पक्राउ गर्नुका साथै सोही स्थानमा कलभर्ट मुनि प्लास्टिकमा बेरी लुकाई छिपाई राखेको गाँजा बरामद गरेको थियो ।

उनीमाथि कानुनी प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्वन्धित समाचार

Leave a Comment