Categories समाचार

मधेश सरकारका नव नियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश सरकारमा नियुक्त भएका ३ मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन् ।

बिहीबार मन्त्री नियुक्त भएका माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह, माओवादीकै युवराज भट्टराई र एकीकृत समाजवादीकी बेची लुंगेलीले मन्त्री पदको शपथ लिएका छन् ।

Advertisement

उनीहरुलाई प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

Advertisement

१५ महिनाको अन्तरालमा मुख्यमन्त्री यादवले ११ औं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *