Rato Pana
समाचार

५८ लाख बढी मूल्य बराबरको समान सहित ट्रक प्रहरी नियन्त्रणमा

श्याम सर्राफ वीरगञ्ज । बिल बिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरु लोड रहेको मालवाहक ट्रक पर्सा प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

गत बुधबार साझ साढे ५ बजे बिल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरु बोकेको माल बाहक ट्रक वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा सो ट्रकलाई नियन्त्रणमा लिइएको थियो ।

वीरगञ्ज महानगरपालिका वडा नं.२५ सिर्सिया सडकखण्डमा ना.३ ख ३३२४ नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरु लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अन्दाजी मूल्य ५८ लाख ४१ हजार ७ सय १४ रुपैयाँ बराबरको हार्डवेयर तथा खुद्रा सामानहरु फेला परेको जनाइएको छ ।

थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि हिजो बिहीबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्वन्धित समाचार

Leave a Comment