श्याम सरार्फ
वीरगञ्ज । वीरगन्ज महानगरपालिका वडा नं.१७ अलौको बुढियामाइ टोलमा आगलागी हुदा सातजनाको घर जलेर नष्ट भएको छ । आगलागीबाट ५३ लाख ९० हजार रूपैयाँ बराबरको क्षति भएको छ ।
मंगलबार बिहान अन्दाजी ३ बजे महेन्द्र सहनीको फुसको घरमा बिधुतको तार सर्ट भई अचानक आगलगी हुदा अन्य मानिसहरुको घरमा समेत आगो सल्किन जाँदा घर पुर्ण रुपमा जलि नष्ट भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाका अनुसार उक्त आगो वीरगञ्ज महानगरपालिका र पोखरिया नगरपालिकाको दमकल, प्रहरी र स्थानियहरु को सहयोगमा बिहान अन्दाजी ५ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको थियो ।
सो आगलागी परी महेन्द्र सहनी, मैना सहनी, बिरेन्द्र सहनी, तुफान सहनी, फुलदेव सहनी, अभय सहनी, अदालत साहको घर पूर्णरूपमा जलेर नष्ट हुदा घरमा रहेको अनपात, लत्ताकपडा, सरसामान, सुनचाँदी र चौपाया गरि अन्दाजी ५३ लाख ९० हजार रूपैयाँ बराबरको क्षति भएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।





