Categories समाचार

वरिष्ठ सईले बोकेको अटोमेटिक पेस्तोल गायब

बारा । इलाका प्रहरी कार्यालय अमलेखगन्जका वरिष्ठ सईले बोकेको अटोमेटिक पेस्तोल गायब भएको छ। वरिष्ठ सई पूर्ण बिसीले बोकेको अटोमेटिक पेस्तोल ( सर्विस रिवल्वर) सोमवार रातिदेखि गायब भएको हो। 

सई बिसी सोमवार रातिमा गस्ती गएको र सोही क्रममा उनले बोकेको गोली लोड अवस्थाको पेस्तोल हराएको बुझिएको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले १० वटा गोली लोड रहेको पेस्तोल हराएको घटनाको पुष्टि गरे। घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ।  तस्बिर सांकेतिक

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *