Rato Pana
समाचार

मोटरसाइकल दुर्घटनामा पत्रकार विनय कुमार यादवको मृत्यु

वीरगन्ज । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा पत्रकार विनय कुमार यादवको मृत्यु भएको छ ।

धनुषाधाम नगरपालिका ५ घर भएका पत्रकार यादवको आज बिहान जनकपुर ढल्केवर सडक खण्डमा आफैले चलाएर जनकपुर जाँदै गरेको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल दुर्घटना भइ मृत्यु भएको हो ।

मृतक यादव रेडियो धनुषाधामका संचालक तथा इन्यूज ब्यूरोका कार्यकारी सम्पादक थिए ।

आज बिहान करिब ४ बजे जनकपुर तर्फ जाँदै गर्दा मिथिला नगरपालिका ६ स्थित अनियन्त्रित भएर मोटरसाइकल सडक छेउको रेलिंगमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारको क्रममा बिहान ५ बजेर ५० मिनेटमा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।

सम्वन्धित समाचार

Leave a Comment