वीरगन्ज । बारा प्रहरीले चर्को आवाजमा डिजे बजाउने दुई जनालाई डिजे साउण्ड सिस्टमसहित नियन्त्रणमा लिएको छ । बाराको कलैयामा मंगलबार राति ध्वनि प्रदूषण हुनेगरी चर्को आवाजमा डिजे बजाउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा बजरंग डिजेका जितपुर सिमरा उप–महानगरपालिका वडा नम्बर १० का २५ बर्षीय नागेन्द्र राय र देवताल गाउँपालिका वडा नम्बर १ का ५० बर्षीय जयराम सिंह रहेका बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।
चर्को आवाजमा डीजे नबजाउन यसअघि सार्वजनिक सुचना नै निकालेर गरिएको आग्रहलाई अटेर गरेकाले उनीहरूलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको प्रहरी नायब उपरीक्षक न्याैपानेले बताए ।


