Categories अर्थ

आज प्रतितोला १ लाख ३६ हजार रुपैयाँमा सुनको कारोबार हुँदै

वीरगन्ज । अघिल्लो दिन प्रतितोला २७ सय रुपैयाँ घटेको सुन बुधबार भने ५ सय बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ३६ हजार रुपैयाँमा सुनको कारोबार भएको छ ।

अघिल्लो दिन १ लाख ३५ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य १० रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ हजार ६६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ६७० रुपैयाँमा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *