Categories समाचार

जनकपुरको एक होटलमा युवक मृत फेला

वीरगन्ज । जनकपुरको एक होटलमा झुन्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन् । पीडारीचोक स्थित नमूना होटेल एण्ड गेष्टहाउसमा धनुषाको गणेशमान चारनाथ नगरपालिका ३ बस्ने २५ वर्षीय अमित कुशियैत यादव मृत फला परेका हुन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवा अनुसार हिजो साँझ ७ बजे कोठा नं. २०४ बुक गरेर बसेेका यादव राति ११ बजे झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

Advertisement

ढोका खुल्लै अवस्थामा रहेको तथा घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement


यस अघि मंगलबार दिउँसो मात्रै जनकपुरको रामानन्दचोक स्थित होटल होलि डे एण्ड गेष्टहाउसमा एक महिला र एक पुरुष झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *