Rato Pana
शिक्षा

कन्या माविलाई करिब दुई लाख बराबरको सामाग्री सहयोग

अमित अग्रवाल
वीरगन्ज । वीरगन्जका एक सरकारी बिद्यालयलाई करिब दुई लाख बराबरको अध्यनका लागि प्रविधिक सामाग्रीहरु एक दाताले सहयोग गरेका छन् ।

वीरगन्ज वडा नम्बर ४ स्थित रहेको सुन्दरमल रामकुमार कन्या माध्यमिक बिद्यालयलाई केएनपीका सञ्चालक तथा समाजसेवी अशोक बैधले करिब दुई लाख बराबरको विभिन्न सामाग्रीहरु सहयोग गरेका हुन ।

बुधबार बिद्यालय परिसरमै एक कार्यक्रमको आयोजना गरि सञ्चालक बैधले प्रधानाध्यापिका अनिता कुमारी साहलाई ५५ इन्चको एलइडी टिभी एक थान, टेबुल एक थान, कुर्सी एक थान, कबोर्ड दुई थान, स्टेन्ड पंखा दुई थान, पर्खाल घडी दुई थान र कार्पेट एक थान गरि करिब दुई लाख बराबरको सामाग्री हस्तान्तरण गरेका हुन ।

प्राप्त यी सामाग्रीहरुले गर्दा बिद्यालय व्यवस्थापन तथा सञ्चालनमा सहज हुने बताउदै प्रधानाध्यापिका साहले दातालाई धन्यवाद ज्ञापन गरेकी हुन ।

सो अवसरमा वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानु, बिद्यालय व्यवस्थापन समितिकि शिक्षक प्रतिनिधि अन्नपूर्ण मानन्धर तथा शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

सम्वन्धित समाचार

Leave a Comment