Categories शिक्षा समाचार समाज

कन्या माविलाई करिब दुई लाख बराबरको सामाग्री सहयोग

Advertisement

अमित अग्रवाल
वीरगन्ज । वीरगन्जका एक सरकारी बिद्यालयलाई करिब दुई लाख बराबरको अध्यनका लागि प्रविधिक सामाग्रीहरु एक दाताले सहयोग गरेका छन् ।

वीरगन्ज वडा नम्बर ४ स्थित रहेको सुन्दरमल रामकुमार कन्या माध्यमिक बिद्यालयलाई केएनपीका सञ्चालक तथा समाजसेवी अशोक बैधले करिब दुई लाख बराबरको विभिन्न सामाग्रीहरु सहयोग गरेका हुन ।

Advertisement

बुधबार बिद्यालय परिसरमै एक कार्यक्रमको आयोजना गरि सञ्चालक बैधले प्रधानाध्यापिका अनिता कुमारी साहलाई ५५ इन्चको एलइडी टिभी एक थान, टेबुल एक थान, कुर्सी एक थान, कबोर्ड दुई थान, स्टेन्ड पंखा दुई थान, पर्खाल घडी दुई थान र कार्पेट एक थान गरि करिब दुई लाख बराबरको सामाग्री हस्तान्तरण गरेका हुन ।

Advertisement

प्राप्त यी सामाग्रीहरुले गर्दा बिद्यालय व्यवस्थापन तथा सञ्चालनमा सहज हुने बताउदै प्रधानाध्यापिका साहले दातालाई धन्यवाद ज्ञापन गरेकी हुन ।

सो अवसरमा वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानु, बिद्यालय व्यवस्थापन समितिकि शिक्षक प्रतिनिधि अन्नपूर्ण मानन्धर तथा शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *