काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारदेखि (वैशाख १६ गते) बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ ।
वैशाख १५ गतेदेखि व्यवस्था कार्यान्वयन गर्न लागिएकोमा त्यस दिन शनिबार परेकोले १६ गते आइतबारदेखि कार्यालय विहान ९ बजे खोल्न लागिएको प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।
उनले भने, ‘आइतबारदेखि कार्यालय विहान ९ बजे खोल्न लागेका छौं। बेलुका भने समय परिवर्तन गरिएको छैन । यो सेवा महानगरपालिकाका सबै विभाग, वडा, सचिवालय, आयोजनासमेतका कार्यालयको हकमा लागू हुन्छ।’


