Categories एजेन्सी

इजरायली आक्रमणमा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु

गाजा । दक्षिण गाजामा इजरायली हवाई आक्रमणमा मारिएकी एक महिलाको गर्भबाट सिजेरियन अपरेसनबाट निकालिएकी एक बालिकाको पनि मृत्यु भएको छ ।

आइतबार रफाहस्थित एक अस्पतालमा सबरीन–सकानी नामकी बालिकालाई आफ्नी मृत आमाको गर्भबाट सिजेरियन शल्यक्रिया गरेर निकालिएको थियो । तर बालिकालाई बचाउन सकिएन ।

Advertisement

डाक्टरहरूले बच्चालाई बचाउन सक्दो प्रयास गरेका थिए । बालिकाको फोक्सोमा हावा पुर्‍याउन हातले सञ्चालित पम्प प्रयोग गरिएको थियो। तर बिहीबार उनको मृत्यु भयो ।

Advertisement

गत हप्ता रफाहमा इजरायली आक्रमणमा १६ बालबालिकाको मृत्यु भएको थियो । उनीहरू सबैको एक आवासीय कम्प्लेक्समा भएको बम विस्फोटमा मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *