वीरगञ्ज । नेपाल मेडिसिटी बयोधा अस्पताल बीरगञ्जमा आईतवार आयोजित एक कार्यक्रममा मिस नेपाल वल्ड श्रीक्षा प्रधान र मिस नेपाल इन्टरनेशनल प्रसिद्धी शाहले आफूहरु आफू वातावरण विज्ञानको विद्यार्थी भएकाले वातावरण संरक्षण र स्वास्थ्य एक अर्काका परिपुरक भएको बताउनुभयो ।
उहाँले आफूले महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्ने बताउनुभयो । कार्यक्रममा मिस नेपाल इन्टरनेशनल प्रसिद्धी शाहले महिलाहरुमा हुने मुत्ररोगका समस्या सामान्य रुपमा देखिए पनि विविध कारणले असामान्य रुपमा फैलिरहेकाले आफूले यसका लागि सम्भव भएका सबै क्षेत्रमा पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा हिडन ट्रेजरका अध्यक्ष अजय रत्न स्थापितले नेपाल मेडिसिटी अस्पतालले बीरगञ्जमा पनि विश्वस्तरीय सेवाहरु प्रदान गरिरहेको पाउँदा खुशी लागेको बताउनुभयो । कार्यक्रममा नेपाल मेडिसिटी बयोधा अस्पतालका मुत्ररोग विशेषज्ञ डा. अनिल पुकार शाहले महिलाहरुमा हुने मुत्र रोगका समस्या र त्यसको निराकरणका लागि गर्नुपर्ने उपायहरुका बारेमा जानकारी गराउनुभएको थियो ।
बीरगञ्जस्थित नेपाल मेडिसिटी अस्पतालले १ सय ५० शैयाको क्षमतामा हाल न्यूरो सर्जरी, न्यूरो फिजिसियन, हाडजोर्नी अन्तर्गत मेरुदण्ड, जोर्नी प्रत्यारोपण, दूर्घटनाजन्य चोटपटक, स्पोर्टस इन्जुरी, मुत्र रोग, विविध तथा दूरवीनका माध्यमबाट गरिने शल्यक्रिया, स्त्री तथा प्रसुति, बालरोग लगायतका सेवाहरु उपलब्ध गराउंदै सबै उपचारलाई बीरगञ्जमै सम्भव बनाउने जनाएको छ ।


