Categories समाचार

भारतीय ‘मोस्ट वान्टेड’ अभियुक्तलाई गोली हानेर पक्राउ

Advertisement

वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जमा गोली प्रहार गरेर एक हत्या आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मद हत्यामा संलग्न भनिएका भारतीय नागरिक बब्लु पासवान छन् ।

उनको देब्रे खुट्टामा गोली लागेको छ । उनको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले लागूऔषध ब्राउन सुगर र पेस्तोल समेत बरामद गरेको छ ।

Advertisement

पासवान नेपाल छिरेको भन्ने सूचनाका आधारमा खोजी गरिरहेको प्रहरीसँग हिजो राति वीरगञ्जमा जम्काभेट भएको थियो । पासवानले आक्रमण गर्न खोजेपछि गोली प्रहार गरेर उनलाई नियन्त्रणमा लिएको पर्साका एसपी कुमोध ढुंगेलले बताए ।

Advertisement

प्रहरीका अनुसार, पासवान व्यवसायी सुरेश केडियाको अपहरणमा दुई वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् । ३ असोज २०७९ मा काठमाडौंको गोठाटारमा अज्ञात समूहको गोली लागेर मोहम्मद मारिएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *