Categories समाचार

कारागारमा रहेकाहरूलाई छुटाईदिन्छु भनी आफन्तसंग १७ लाख रुपैयाँ ठग्ने युवक पक्राउ

Advertisement

श्याम सरार्फ
वीरगन्ज । पुर्पक्षमा रहेका व्यक्तिहरुलाई छुटाईदिन्छु भन्दै पैसा लिने एक युवकलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।

अपहरण शरीर बन्धक तथा जबरजस्ती करणी कसुर मुद्दामा पुर्पक्षका लागि वीरगन्ज कारागारमा रहेका व्यक्तिहरुलाई छुटाईदिन्छु भनी एक परिवारसंग दस लाख र अर्को परिवारसंग सात लाख रुपैयाँ ठग्ने कलैया उपमहानगरपालिका वडा नम्बर २३ बैराठपुरका अन्दाजी २५ वर्षीय सहदेव पटेल पक्राउ परेका हुन ।

Advertisement

पुर्पक्षमा रहेकाहरुको आफन्तले दिएको जाहेरीको आधारमा यही महिनाको ४ गते पक्राउ गरि ठगी मुद्दा दर्ता गरी अनुसन्धान कार्य भइरहेको बारा प्रहरीले जनाएको छ ।

Advertisement

साथै यस किसिमका ठगी अन्य व्यक्तिहरूसंग पनि हुनसक्ने भएकोले ठगीमा पर्नु भएका व्यक्तिहरुले जिल्ला प्रहरी कार्यालय बारामा सम्पर्क गरि जाहेरी दिन सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले अनुरोध गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *