Categories समाचार

२७ सयले घटेको सुनको मूल्य आज २ हजारले बढ्यो

Advertisement

काठमाडौं । बुधबार तोलामा २७ सय घटेको सुन बिहीबार भने २ हजार बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो भने आज बिहीबार १ लाख ३६ हजार ५ सय पुगेको छ ।

Advertisement

यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च तोलामा १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँ बढेको छ ।

Advertisement

अघिल्लो दिन प्रतितोला १ हजार ६३० रुपैयाँ रहेको चाँदी आज १ हजार ६४५ रुपैयाँ कायम भएको हो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *