Categories समाचार

फरार जीबी राईकाे हत्या भएको भनी भ्रम फैलाउने डिल्लीराम पक्राउ

Advertisement

काठमाडाैँ । सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ।

आम नागरिकलाई भ्रम फैलाउने  गरी जथाभाबी अन्तरवार्ता दिएको र अपुष्ट कुरा बोलेको पाइएपछि काठमाडौं महानगरपालिका ३२ गैह्री गाउँ बस्ने ४६ वर्षीय खनाललाई मंगलबार पक्राउ गरी प्रहरीले बिहीबार सार्वजनिक गरेको हो।

Advertisement

खनालले सहकारी प्रकरणमा फरार जीबी राईकाे हत्या भएको र साे हत्यामा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भनी भ्रम फैलाएकाे भीडिओ प्राप्त भएपछि पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो ।

Advertisement

खनाललाई जिल्ला अदालतबाट ३ दिनको म्याद पनि लिइएको उहाँले बताउनुभयो । 

खनालले यसअघि पनि पटक पटक जथाभाबी अन्तर्बार्ता दिने र गलत सूचना सम्प्रेषण गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *