Categories समाचार

सिम्रौनगढमा पोखरी खन्ने क्रममा भगवान सूर्यको मूर्ति फेला

Advertisement

बारा। बाराको सिम्रौनगढमा पोखरी खन्ने क्रममा भगवान सूर्यको मूर्ति फेला परेको छ। सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ स्थित सानो इटवालमा मणि महतो नुनियाको निजी पोखरी खन्ने क्रममा बुधबार सूर्य भगवानको मूर्ति फेला परेको हो स्थानीय सुरेश महतो नुनियाले बताए।

उनका अनुसार, बुधबार डोजर लगाएर पोखरी खन्ने क्रममा सूर्यको मूर्ति फेला परेको हो। मूर्तिको तल सातवटा घोडाका आकृति छन्, जसले यो सूर्य भगवानको मूर्ति हो भन्ने प्रष्ट भएको नुनियाले बताए ।

Advertisement

फेला परेको मूर्तिको लम्बाई ३६ इन्च र चौडाई १० इन्च रहेको उनले बताए । फेला परेको मूर्तिलाई इटवाल नजिक बन्दै गरेको हनुमान मन्दिरमा लगेर राखिएको स्थानीय सञ्चारकर्मी रामेश्वर मेहताले जानकारी दिए । मेहताका अनुसार प्राचीन र ऐतिहासिक स्थल सिम्रौनगढमा बेला बेलामा पुरातात्विक सामग्रीहरु फेला पर्दै आएका छन् । त्यही भएकाले त्यहाँ तीन फिट भन्दामुनि खन्न नपाइने नियम छ। उक्त नियमको कार्यान्वयन भने भएको छैन।

Advertisement

गत वर्षको असारमा मात्रै सिम्रौनगढ नगरपालिकाको वडा नम्बर १ मा पर्ने नसागराढाटमापनि ब्रह्मा भगवानको मूर्ति फेला परेको थियो ।सिम्रौनगढ क्षेत्रमा गत ७ वर्ष यता १४ वटा मूर्ति फेला परिसकेको छ।बेला बेलामा पुरातात्विक महत्वका मूर्ति लगायतका सामग्रीहरु फेला पर्दै आएको भएपनि त्यसको संरक्षणका लागि राज्यको कुनैपनि निकायबाट पहल नभएको स्थानीयको गुनासो छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *