Categories समाचार

सर्लाही : भीषण आगलागी हुँदा सय बढी घर जलेर नष्ट

Advertisement

वीरगन्ज । सर्लाहीको विष्णु गाउँपालिका १ बाराद्धोरण टोलमा भीषण आगलागी हुँदा सय बढी घर जलेर नष्ट भएको छ । दिउँसो ३ बजेबाट सुरु भएको आगलागी साँझ ७: १५ बजे मात्र नियन्त्रणमा आएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार चारवटा दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो ।

Advertisement

आगलागीले सयभन्दा बढी घर जलेर खरानी भएको विष्णु गाउँपालिका अध्यक्ष जवाहर यादवले बताए । अधिकांश पटेल परिवारको विपन्न वस्ती रहेकाले ठूलो क्षति भएको उनले बताए ।

Advertisement

गाउँपालिकाले केही समय पहिले बाँडेको खाना पकाउने ग्यास सिलिन्डर पटक पटक घरहरुमा बिस्फोट हुँदा झन् आगो सल्केर वस्तीलाई चपेटामा लिएको उनको भनाइ छ ।

डिएसपी श्रेष्ठले कति घर जल्यो भने एकिन विवरण संकलनको काम भइरहेको बताए । आगलागी कसरी भयो भन्ने अहिलेसम्म नखुलेको प्रहरीको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *