Categories समाचार

करिब ५१ लाख मूल्य बराबरको सामाग्री लोड रहेको दुईवटा ट्रक प्रहरीको नियन्त्रणमा

Advertisement

वीरगञ्ज । करिब ५१ लाख रुपैयाँ बराबरको खुद्रा तथा लत्ताकपडाहरू लोड रहेको दुईवटा ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले निम्न मालबस्तुहरू अन्दाजी मूल्य ५० लाख ९२ हजार ५ सय ४० रुपैयाँ बराबरको कपडा, खुद्रा, चिनी, र प्याज बरामद गरेको थियो ।

Advertisement

शुक्रबार अन्दाजी १:२० बजे वीरगञ्ज महानगरपालिका वडा नं.८ घण्टाघरबाट ना.६ ख ७९७२ नम्बरको ट्रकमा अ.मु.रू.२० लाख १५ हजार ६ सय ८५ रुपैयाँ बराबरका कपडा तथा खुद्रा सामानहरू र सोही दिन अन्दाजी ०२:०० बजे वडा नं.१४ गण्डक चोकबाट ना.८ ख ८७१२ नम्बरको ट्रकमा अं.मु.रू.३० लाख ७६ हजार ८ सय ५५ रुपैयाँ बराबरको खुद्रा तथा खाद्यान्न सामानहरू बरामद गरेको जनाइएको छ ।

Advertisement

ट्रक र निम्न समानहरु आवश्यक कार्यवाही र अनुसन्धानका लागि आज राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले बताएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *