Categories रासस

परीक्षा केन्द्रबाट फर्किँदै गर्दा अज्ञात व्यक्तिको आक्रमणमा परी एक बालिका घाइते

Advertisement

वीरगन्ज । झापाको दमकमा आक्रमणमा परी एक विद्यार्थी घाइते भएकी छिन्। अज्ञात व्यक्तिको आक्रमणमा परी उदयपुर घर भई हाल दमक बस्दै आएकी १८ वर्षीया एनिका अधिकारी घाइते भएकी हुन्।

स्थानीय हिमालय माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा दिएर घर फर्किँदै गर्दा अधिकारीमाथि मोटरसाइकलमा आएका एक व्यक्तिले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

Advertisement

आक्रमण गरी फरार भएका ती व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ। घाइते अधिकारीको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *