Categories समाचार

बिहारमा चुनाव हुदा जनकपुर रेल सेवा बन्द

Advertisement

वीरगंज। भंगहा–जनकपुर–जयनगर रेल सेवा आजदेखि तीन दिनका लागि बन्द भएको छ । भारत बिहारको मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा मंगलवार हुने चुनावलाई लिएर नेपाल भारत सीमा क्षेत्र तीनदिनका लागि गए रातिदेख नै सिल हुँदा रेल सेवा बन्द रिएको हो ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रवन्धक निरञ्जन झाले एक सूचना जारी गर्दै मंगलबारसम्म रेल सेवा बन्द रहने जानकारी गराएका हुन् ।

Advertisement

मिति २०८१÷०१÷२३ गते आईतवारदेखि २०८१÷०१÷२५ गते मंगलवार सम्म ३ (तीन) दिनको लागि भंगहा–जनकपुर जयनगर खण्डमा संचालित रेल्वे सेवा पूर्ण रुपमा बन्द रहने व्यहोरा सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरोध छ’ सूचनामा उल्लेख छ ।

Advertisement

आगामी बुधवारदेखि साविक बमोजिम नियमित सेवा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *