वीरगंज। बारा प्रहरीले ५६ लाख ५९ हजार बराबरको अबैध समान सहितको दुईवटा ट्रक नियन्त्रनमा लिएको छ। बिसेस सुचनाको आधारमा बारा प्रहरीले बाराको दुइ स्थानबाट दुइवटा ट्रक नियन्त्रनमा लिएको हो।
गत बिहिबार दिनको १२ बजेर ४० मिनेटमा जितपुर सिमरा उप महानगरालिका वडा नम्बर १ पथलैया स्थित वीरगंज बाट भैरहावा जादै गरेको ना ६ ख ०१३७ नम्बरको ट्रकमा लोड गरेको कपडा, मोटर र पाईप गरि आन्दाजी ५५ लाख ४५ हजार २ सय ७० रुपैया बराबरको समान बिल भरपाई भन्दा बढी भेटिएकोमा नियन्त्रनमा लिइएको प्रहरीले जनाएको छ।
त्यसैगरी सोहि दिन साझ ७ बजे भन्सार छलीको किराना र कस्मेटिक समान मोटरसाईकिलमा लोड गरि भारतबाट ल्याउदै गरेको आवस्थामा प्रहरीले नियन्त्रनमा लिएको छ।
आन्दाजी १ लाख १४ हजार १ सय ६० रुपैया बराबरको समान मोटरसाईकिलमा लोड गरि ल्याउदै गरेको आवस्थाम कलैया – १० मटिअर्वामा प्रहरी चौकीले पक्राउ गरेको थियो।
पक्राउ परेका समानहरु सहित ट्रक नियन्त्रनमा लिई आवस्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाईएको बारा प्रहरीले जानकारी गराएको छ।






