Categories समाचार

गर्मीले बेहाल वीरगन्जबासीलाई प्राधिकरणको अघोषित लोडसेडिङ उपहार

Advertisement

रातोपानाकर्मी
वीरगन्ज । पर्साको सदरमुकाम वीरगन्जमा पछिल्लो एक/ दुई महिनादेखि दैनिक लोडसेडिङ हुँदै आएको छ । घोषित रुपमा लोडसेडिङ नभए पनि यहाँ बिजुली जाने आउने गरेको छ । हरेक १/२ घण्टाको फरकमा बिजुली जाने आउने गरेको छ । प्रचण्ड गर्मीमा भइरहेको अघोषित लोडसेडिङले जनजीवन प्रभावित भइरहेको छ ।

वीरगन्ज सहित तराईका जिल्लाहरुमा अहिले अत्यधिक गर्मी छ । पटकपटक बिजुली जाने गरेको कारण तराई क्षेत्रका नागरिक आक्रोशित भएका छन् । तर गर्मीले बेहाल वीरगन्जबासीलाई नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रले अघोषित लोडसेडिङ उपहार दिइरहेको सर्वसाधारणको कथन रहेको छ ।

Advertisement

सरकारले दैनिक रुपमा भारतलाई बिजुली निर्यात गरिरहेको बताउँछ । तर देश भित्रैका नागरिक भने बिजुलीको अभाव खेपिरहेका छन् । छिनमा आउने छिनमा जाने गरेर दिनमा दर्जनौं पटक बिजुली आउने र जाने गरेको छ ।

Advertisement

वीरगन्जमा अहिले अघोषित रुपमा लोडसेडिङ कारण घर तथा कार्यालयमा असजिलो भइरहेको मात्रै छैन गर्मीमा पंखा समेत चलाउन नपाउदा नागरिकको स्वास्थ्यमा विभिन्न किसिमको समस्या देखिने त्रास बढेको बताउनु हुन्छ वीरगन्जका वरिष्ठ फिजिसियन डाक्टर निरज कुमार सिंह ।

ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानका अनुसार दिउँसो ४३° सम्म तापक्रम पुग्ने गरेको छ । दिनरात पंखा नचलाई बस्न सक्ने अवस्था छैन तर बेलाबेलामा बिजुली गइरहदा नागरिक हैरान हुने गरेका छन् । पानीको समस्याले लडिरहेका बीरगन्जबासीलाई सूचना नै नदिई सामान्य हावाहुरी वा बिना कारण काटिएको विधुत कैयौं घन्टा नआउँदा समस्या हुने गरेकाले नागरिक अस्न्तुष्ट हुने गरेका छन् ।

देशनै आर्थिक संकटबाट गुज्रिरहेको बेला केहि हप्ता यता वीरगन्ज र यस आसपासको क्षेत्रमा विधुतको अघोषित लोडसेडिङ र अनियमित विधुत आपुर्तिका कारण औधोगिक क्षेत्रमा समेत नराम्रो असर परेको र यस्ले उत्पादनमा कमी आउनु, विधुतिय उपकरण खराब हुनुका साथै व्यवसायनै चौपट हुने चिन्ताले सताइरहेको व्यवसायी प्रमोद चौरसियाको भनाइ रहेको छ ।

वीरगन्जलाई देशको प्रवेशद्वार संगै आर्थिक नगरी भनेर चिनिन्छ तर विभिन्न कारणवस वीरगन्जलाई ओझेलमा राखिएको आरोप लाग्दै आएको छ । सरकारले देखाएको मिठा सपना पुरा गर्नुको सट्टा स्थानीयवासिले पाउदै गरेको सेवा सुविधा समेत कटौती गरेर पिडामाथी झन पिडा थपेको जनमानसको बुझाई रहेको छ ।

यस विषयमा विधुत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुखलाई टेलिफोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *