वीरगन्ज । जनता समाजवादी पार्टी नेपालका सांसद दीपक कार्की आफू उपेन्द्र यादव पक्षतिरै रहेको बताएका छन् ।
वन तथा वातावरण राज्यमन्त्रीसमेत रहेका उनको सचिवालयले प्रेस विज्ञप्ति मार्फत कार्की संस्थापन पक्षमै रहेको, अन्य कुनै दल वा गुटमा नलागेको बताएको हो ।
प्रमुख स्वकीय सचिव रामनारायण कापडीले प्रेस विज्ञप्ति जारी गर्दै ‘सञ्चार माध्यममा आइरहेका समाचारहरुबाट अत्यन्त भ्रामक जानकारी सम्प्रेशन भइरहेकोप्रति यस सचिवालयको ध्यानाकर्षण भएको छ’, बताएका छन् ।
भनेका छन्, ‘उहाँ जनता समाजवादी पार्टी नेपाल संस्थापन पक्षमा यथावत रहिरनुभएको र अन्यत्र भनेझैं कुनै गुट वा दलसँग आबद्ध नरहेको जानकारीका लागि अनुरोध छ ।’
जनता समाजवादी (जसपा)मा अध्यक्ष उपेन्द्र यादवले मनोमानी गरेको आरोप लगाउँदै अशोक राईसहित ७ प्रतिनिधि सभाले पार्टी विभाजन गरेका छन् ।






