Rato Pana
समाचार

भारतबाट ल्याउदै गरेको चाँदीका गर-गहना सहित एक युवक पक्राउ

वीरगंज। चाँदीका गर-गहना सहित एक युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। भारतबाट अवैधरूपमा चाँदीका गर-गहनाहरु ल्याउँदै गरेको सूचना प्राप्त भई प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले पक्राउ गरेको हो।

शनिबार विहान १०:०० बजे वीरगञ्ज म.न.पा. वडा नं.१६ रजतजयन्ति चोक स्थित भारत रक्सौलबाट वीरगञ्ज तर्फ आउँदै गरेको अवस्थामा बारा जिल्ला फेटा गा.पा. वडा नं. ३ बस्ने २० वर्ष रोशन सोनार पक्राउ परेका हुन्।

खानतलासी गर्दा निजको कमरको भागमा रातो सेतो रङकको गम्छाले बाँधी ल्याएको चाँदी जस्तो देखिने धातुबाट बनेका विभिन्न किसिमका गर-गहनाहरू २ किलो १७३ ग्राम फेला परेको थियो।

निजलाई उक्त चाँदी सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आज वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

Leave a Comment