Categories समाचार

ढकमक्क फुलेको गुलमोहरले सजायो वीरगंज (फोटो फिचर)

Advertisement

वीरगंज। पर्साको सदरमुकाम वीरगंजका मुख्य ठाउँहरुको सौन्दर्यता गुलमोहर फूलले बढाएको छ।

वीरगंजको मुर्ली, साल्टट्रेनिग, मधेश विश्वबिध्यालयको प्रागण, बिर्ता हस्पिटल रोड, आदर्शनगर, भन्सार चौक लगायतको ठाउँहरुमा फुलेको गुलमोहरको फूलले बाताबरणलाई सुन्दर बनाएको छ ।

Advertisement

गर्मी महिनामा फुल्ने गुलमोहरलाई छहारीसँगै सौन्दर्य बढाउने फूलको रुपमा बगैँचा, सडक साइड तथा पार्कमा लगाइएको हेरिन्छ। गुलमोहरलाई फ्रान्समा ‘र्स्वको फूल’ भनेर उपमा दिइन्छ । वीरगंजका सडकमा फक्रिइरहेका यी फूलनजिक पुग्दा भने लाग्छ– वीरगंज त स्वर्ग नै हो कि ! अर्थात्, गुलमोहरले वीरगंजलाई स्वर्गझैं सिँगारेको छ ।

Advertisement

केहि पुराना ठाउहरुमा पहिलै देखि गुलमोहरको बोट भएपनि वीरगंजमा नयाँ नेतृत्व आएपछि सहरलाई हराभरा र सुन्दर बनाउने आभियान अन्तरगत सडक किनार र केहि मुख्य स्थानहरुमा गुलमोहर लगाइएको थियो जुन अहिले फल सवरूप सहरलाई सजाउने कार्य गर्दै छ।

विशेष गरी मार्च–अप्रिलदेखि जुन–जुलाईसम्म गुलमोहरको बोटमा रातो फूल देख्न सकिन्छ । सुक्खा ठाउँमा फुल्ने गुलमोहर नेपाल, भारत, अमेरिका, ब्राजिल, मेक्सिको, नाइजेरिया, युगान्डा, श्रीलंकालगायत देशमा पाइन्छ । गुलमोहर फरक–फरक देशमा फरक–फरक समयमा फुल्ने गर्छ ।

तस्बिर: प्रह्लाद चाैरसिया

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *