Categories अर्थ समाचार

हुण्डी कारोबारमा सलंग्न एक युवक सवा १३ लाख रुपैयाँसहित पक्राउ

श्याम सर्राफ
वीरगञ्ज । हुण्डी कारोबारमा सलंग्न एक युवकलाई पर्सा प्रहरीले सवा १३ लाख रुपैयाँसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज म.न.पा.वडा नं.२२ जगरनाथपुर बस्ने वर्ष २८ को रवि कुमार पटेल रहेका छन् ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबाट खटिएको संयुक्त प्रहरी टोलीले हिजो (सोमबार) अन्दाजी साझ ३ बजे वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डकचोक स्थित पक्राउ गरेको हो ।

वीरगञ्जबाट परवानीपुरतर्फ जाँदै गरेका प्रदेश २-०३ -०१० प ६७१९ नम्बरको मोटरसाइकल रोकी खानतलासी गर्दा पटेलले पछाडी पिठ्युमा बोकेको कालो ब्यागभित्र लुकाई ल्याएको स्रोत नखुलेको नेपाली १३ लाख १५ हजार रुपैयाँ रहेको र बिभिन्न बैंकको खाली चेकहरु ७ थान फेला परेको प्रहरीले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *