Categories Headlines

वीरगञ्जको केएफसी हतारमा लतार, न्यून गुणस्तरको चिकेनले गर्दा ग्राहक असन्तुष्ट

वीरगञ्जस्थित स्काइलाइन मलमा रहेको केएफसी रेष्टुराँमा न्यून गुणस्तरको कुखुराको मासु (चिकेन) विक्री गरेको पाइएको छ । विभिन्न प्रकारका स्वादिष्ट खाना (हट एण्ड क्रिस्पी चिकेन, चिकेन पपकर्न देखि पिज्जा, बर्गर आदि) का साथै गुणस्तरका लागि केएफसी विश्वमै लोकप्रिय मानिन्छ । तर वीरगञ्जमा केही समयअघि मात्र सञ्चालनमा आएको केएफसीमा घाउचोट लागेको कुखुराको मासु विक्री गरेको पाइएको उपभोक्ताले बताएका छन् ।

वीरगञ्ज १५ निवासी सन्ध्या कुशवाहाले वीरगञ्जको केएफसीमा जाँदा आफुले क्वालिटिको चिकेन खाना नपाएको गुनासो गरिन् । विगतमा काठमाडौ बस्दादेखि नै आफु केएफसीको पाराखी भएको र विशेष गरी केएफसी चिकेन आफुलाई बढी मन पर्ने उनले बताइन् ।

काठमाडौंको तलतली मेट्न वीरञ्जको केएफसीमा बुधबार आफ्नो ७ वर्षीय छोरीलाई सँगै लिएर गएको र त्यहाँ पुग्दा चोटका कारण रक्ति जमेर नीलो डाम भएको कुखुराको मासु बेच्ने गरेको पाइएको भन्दै असन्तुष्टि पोखिन् ।

चिकेन राम्रो नभएपछि छोरीले पनि खाना नमानेको र आफुलाई पनि रुची नहुँदा त्यतिकै पैसा तिरेर फर्किनु परेको उनले सुनाइन्।

काठमाडौं लगायत विभिन्न ठाउँका केएफसीमा खाने कुरा गुणस्तर र स्वादिष्ट हुने गरेको तर यहाँको केएफसमा अन्य ठाउँको तुलनामा स्वाद र गुणस्तर पनि न्यून रहेको उपभोक्ताहरु बताउँछन् ।

नेपालमा केएफसीको लागि इजाजत पत्र प्राप्त फ्रान्चाइजी संस्था देवयानी इन्टरनेशनल नेपाल प्रालिले वीरगञ्जको प्रमुख व्यावसायिक केन्द्र आदर्शनगरस्थित स्काइलाइन मलमा केही समयअघि मात्र केएफसी सञ्चालनमा ल्याएको हो ।

उद्घाटनको बेला रेस्टुराँले ग्राहकहरूलाई भोजन गर्न स्वच्छता र सुरक्षाको उच्चतम मापदण्ड कायम गर्ने बताइएपनि त्यसो गरेको नपाइएकाले उपभोक्ताहरु सन्तुष्ट हुन सकेका छैनन् ।

साथै शौचालयको लागि ५ तला माथि जानु पर्ने र त्यसमा पनि क्यूएफएक्स सिनेमा हल भित्र आग्रह गरेर शैचालय गर्नु परेको भन्दै ग्राहकहरुले दुखेसो पोखेका छन् । साभार नेपाल पाेष्ट डेली

Leave a Reply

Your email address will not be published. Required fields are marked *