Categories समाचार

८४ को चुनावमा तीनै तहमा बहुमत ल्याउने गरी लाग्न नेता कार्यकर्तालाई ओलीको निर्देशन

Advertisement

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ को चुनावमा तीनै तहमा बहुमत ल्याउने गरी लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

एमाले कपिलवस्तुको १० औं अधिवेशन उद्घाटन गर्दै उनले बहुमत बिनाको सरकारले जनताले अपेक्षा गरे अनुसार काम गर्न नसक्ने भन्दै बहुमत चाहिनेमा जोड दिए ।

Advertisement

उनले मिसन ०८४ सामान्य नभएको बताउँदै एमालेको बहुमत नभएकाले धेरै विकासका काम हुन नसकेको तर्क गर्दै अब पूर्ण बहुमतका साथ तीनै तहमा सरकार बनाउने गरी लाग्न आग्रह गरे ।

Advertisement

‘एमालेको काँधमा विकास र समृद्धिको जिम्मेवारी छ, यसका लागि एकल सरकार नभई सम्भव छैन, यो कुरा बुझेर अघि बढ्न मेरो आग्रह छ,’ओलीले भने, ‘राष्ट्रियताको रक्षाका लागि पनि एमालेलाई बलियो बनाउनुपर्दछ। तीनै तहमा बहुमत बनाउन नसके विकास असम्भव छ । ’

माधव नेपालप्रति लक्षित गर्दै ओलीले गलत मनसायले पार्टी फुटाएर, कम्युनिष्ट पार्टीको सरकार ढलाएर दक्षिणपन्थीलाई बुझाएको आरोप लगाए ।

अध्यक्ष ओलीले पार्टीभित्र गुट बनाउने छुट कसैलाई नभएको उल्लेख गर्दै सकेसम्म निर्वाचनभन्दा सहमतिमै नेतृत्व छान्न आग्रह गरे । अध्यक्ष ओलीले नेतृत्वको लागि माथिबाट कसैलाई केही आश र भरोसा नदिइएको दावी गरे ।

अध्यक्ष ओलीले कपिलवस्तुमा पार्टीले गरेको प्रगतिको सम्मान गर्दै उचित जिम्मेवारी पनि दिएको बताए । दुई दिनसम्म चल्ने अधिवेशनमा ५५९ जना प्रतिनिधि रहेका छन् । अनलाईन खबरबाट साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *